सभापतिको मत परिणाम : देउवाको अग्रता कायमै, शेखरसँग मतान्तर बढाउँदै

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।३१ सय ८१ भोट गनिसक्दा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन् ।

हाल देउवाले १ हजार ५०६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार १८७ मत पाएका छन् ।त्यसैगरी प्रकाशमान सिंहको २५४, विमलेन्द्र निधिको १७३ तथा सभापतिका अर्का प्रत्यासी कल्याण गुरुङले १५ मत पाएका छन् ।

मतगणनामा राष्ट्रिय सभागृहमा चलिरहेको छ ।कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।
सभापतिमा जित्न २३४० मत चाहिन्छ ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौं । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट..