सिद्धार्थ राणाले साढे पाँच अर्बको होटल निर्माण थाले,४६ रोपनी जग्गामा बन्दैछ द ओबरोय

काठमाडौं। सिप्रदी, भोटेकोशी, सूर्य नेपाल, अमरावती इन्टरनेशनल जस्ता दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका सिद्धार्थ शम्सेर जबराले रविभवनमा पाँच अर्ब ४१ करोड लगानीमा द ओबरोय काठमाडौं होटलको निर्माण थालेका छन्। निर्माण तीन वर्षमा सकिने छ। सोल्टी होटलका संस्थापक रहेका पिता प्रभाकर शम्सेर राणाको पदचाप पछ्याउँदै सिद्धार्थले सिप्रम्य होटल्स् एण्ड रिसोर्ट प्रालिका नाममा यो होटल निर्माण थालेका हुन्। झण्डै १० वर्ष अघि होटलकै लागि जग्गा किनेर राखेका राणाले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डसँग छलफल गरेका थिए।

अन्तिममा भारतीय द ओबरोयलाई राणाले भित्र्याएका हुन्। ६ वर्ष अघि बिजमाण्डूसँगको कुराकानीमा राणाले रविभवनमा ८० कोठाको होटल हुने र विश्वबजारको उत्कृष्ट ब्राण्ड ल्याउने जानकारी दिएका थिए। कम्पनीले ४६ रोपनी १० आना क्षेत्रफलमा ८० कोठा र १ सय ६० बेडको होटल बनाउँदैछ। होटलको कुल ग्राउण्ड कभरेज ६ हजार ९ सय ७५ स्क्वायर मिटर हुनेछ भने कुल बिल बिल्टअप एरिया २४ हजार ६ सय ६२ स्क्वायर मिटर हुनेछ।

होटलको ओपन स्पेस ४० दशमलव ५२ प्रतिशत र ग्रिनरी ३० प्रतिशत हुनेछ। होटल निर्माणको लागि मोकअप बिल्डिङहरु बनाउन सुरु भइसकेको छ। होटलको ८ वटा ब्लक एक अर्कासँग जोडिएको हुनेछ। चार वटा बेसमेन्ट र ग्राण्ड फ्लोर हुने कम्पनीले जनाएको छ। बिल्डिङको हाइट ३२ मिटरको हुनेछ।

ओबरोयको सोल्टीसँगको नाता

सोल्टीसँग जोडिएको नाताकै कारण राणाले आफ्नो होटलमा ओबरोय ल्याएका हुन्। केही वर्ष अघि ओबरोय सोल्टी होटलबाट बाहिरिएको थियो।

ओबरोय नेपालमै जोडिन चाहेको थियो। तर बाध्यात्मक रूपमा बाहिरएको ओबरोय नेपालमा आउन उत्सुक थियो। राणाले होटल खोल्ने भनेपछि ओबरोयसमेत उत्साहित थियो। लामो छलफलपछि ‌ओबरोय र सिद्धार्थ जोडिएका हुन्। सिद्धार्थ ओबरोयसँग जोडिनुमा उनका स्वर्गीय बुबा प्रभाकर शम्शेर राणाको सम्बन्ध समेत महत्वपूर्ण छ।


युवराज हिमालय शम्सेर र उनकी श्रीमती प्रिन्सेस राज्यलक्ष्मीले २०२२ सालमा सोल्टी होटल स्थापना गरे। डेढ वर्षभन्दा बढी समय लगाएर तयार पारिएको १०४ कोठाको सोल्टी होटलको १० मंसिर २०२३ मा राजा महेन्द्रले उद्घाटन गरे। यो अधिराजकुमार हिमालयको प्रोप्राइटरसिपमा सुरु गरिएको बिजनेस थियो। तर निकै मेहनत साथ काम गर्दा पनि ठूलो लगानीमा खोलिएको सोल्टी चल्न सकेन। त्यसपछि प्रभाकरले राजा महेन्द्रलाई होटल चलाउन अन्तर्राष्ट्रिय चेन खोल्नुपर्ने जानकारी गराए।

त्यसपछि अन्तर्राष्ट्रिय होटल चेन खोज्न थालियो। सुरुमा हिल्टन र इन्टरकन्टिनेन्टलसम्म कुरा पुग्यो। सँगसँगै राजा महेन्द्रको भारतका ओबोरोय परिवारसँग कोलकातादेखि नै चिनजान थियो।


ओबोरोय परिवारकै सदस्य बिकिसँग प्रभाकरको समेत सम्बन्ध थियो। राजा महेन्द्र र प्रिन्स हिमालयबाट ओबरोयसँग अगाडि बढ्न सहमति दिए। ओबरोयले व्यवस्थापन लिने बित्तिकै रायबहादुर ओबरोय आफैं नेपाल आए। उनी चार महिना बसेर सोल्टीका लागि चाहिने सबै मान्छेलाई काठमाडौंमै बोलाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..