रुंगटा समूहले वीरगंजमा बनायो दोस्रो मल


वीरगंज। खाद्यान्न व्यवसायमा नाम कमाएको वीरगंजको रुंगटा समूहले सुविधा सम्पन्न मल सोमबारदेखि संचालनमा आउने भएको छ।समूहले वीरगंज–६ आदर्शचोकभन्दा पूर्व लोहारपट्टी रोडमा दुई वर्षअघि मल निर्माण थालेको छ।

करिब डेढ कठ्ठा जग्गा क्षेत्रफलमा निर्माण गरिएको ७ तल्ले मलको नाम आरबी कम्प्लेक्स राखिएको छ। मल निर्माणमा करिब ६ करोडको लागत लागेको मल सञ्चालक सौरभ रुंगटाले जानकारी दिए।मलमा ग्राउन्ड फ्लोरसहित सात तल्ले स्ट्रक्चर डिजाइन गरिएको छ। मलको अधिकांश फ्ल्याट बुकिङ भइसकेको छ। एक तल्लामा करिब ३ हजार ३ सय वर्गफिटको क्षेत्रफलमा फल्याट निर्माण गरिएको छ। प्रति वर्गफिट ३०–४० रुपैयाँमा फ्ल्याट बिक्री गरिएको उनले बताए।


उनका अनुसार ग्राउन्ड फलोरमा पार्किङ र पहिलो तल्ला खाली राखिएको छ। दोस्रो तल्लामा मोडलर्स किचेनको शोरुम, तेस्रोमा जिम क्लब, चौथोमा बालबालिकाको लागि प्ले स्टेशन, पाँचौ तल्ला खाली छ।छैठौं तल्लामा वीरगंजकै तीन जना व्यवसायीको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने लक्ष्य छ।

यो समूहले ६ महिना अघि आदर्शनगरमै करिब २० करोड रुपैयाँ लगानीमा ६ तल्ले रुंगटा मल सञ्चालनमा ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..