नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एकजना प्रहरी नायव निरीक्षक (सई)पक्राउ परेका छन् । प्रनानि विष्णु प्रसाद ढुंगाना आइतबार काठमाडौँबाट पक्राउ परेका हुन् । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँ अनुसन्धान भइरहेको मुद्दा मिलाउन एकजना व्यापारीसँग पैसा लिन गएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध ‘अपराधी लाभ’ विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । सो मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

ढुंगानाले केही दिनअघि मात्र काठमाडौँका एकजना व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको काठमाडौँ परिसरका एकजना अधिकृतले बताए । आइतबार अर्का व्यापारीसँग उनी पैसा लिन गएका थिए । ढुंगाना केन्द्रीय अनुसन्धान ब्युरोको आर्थिक अपराध अनुसन्धान गर्ने शाखामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..