गणेश लामा कांग्रेस केन्द्रीय सदस्यको उम्मेवार


काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा पनि कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन् ।ठमेलमा रेस्टराँको बाउन्सर हुँदा गुण्डा नाइके दीपक मनाङ्गेसँग चिनजान भएपछि उनी गुण्डागर्दीको दुनियाँमा आएका थिए । पछि मनाङ्गेसँग छुट्टिएर उनले छुट्टै समूह चलाएका थिए । लामा २०६१ सालमा पानीपोखरीको चुफाङ रेस्टुराँमा अर्का गुण्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा पनि मुछिएका थिए ।

लामामाथि तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजय गच्छेदारको संरक्षणमा काभ्रेमा रक्तचन्दनको कारोबार गरेको अभियोग पनि थियो ।लामासँगै चाबहिल क्षेत्रका पुराना गुण्डा नाइके राजु गोर्खालीले पनि कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेवारी दिएका थिए । तर आइतबार उनले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनी २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानेर हत्या गरेको अभियोगमा १० वर्ष जेल बसेका थिए ।गणेश लामा समूहका सदस्य मनोज आचार्य पनि कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेवार बनेका थिए । सर्लाहीका आचार्य लामासँगै रक्तचन्दन तस्करीमा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..