सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद

लहान । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित शान्ती टोलबाट मंसीर २५ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजा बरामद गरेको छ । सोही ठाँउमा बेवारिसे अबस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरील बल, नेपाल नम्बर १० गण सर्लाही र बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको हो ।

सिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्लाको डुप्रुम गाउँपालिका ४ बस्ने २० बर्र्र्षिय अर्पण राई छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ४ सय ५० वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही नगरपालिका ५ बस्ने २३ बर्र्र्षिय आकाश वडलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज वडलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कारगिलडाँडाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ८९ वटा नाइट्रोभेट ट्याबले
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट मंसीर २० गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३७ बर्र्र्षिय प्रमोद चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा एक्जिप्लो ९ बोतल र डाईलेक्स ५ बोतल फेला पारेको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट मंसीर २३ गते सशस्त्र प्रहरीले करीव ६ के.जी. ५ सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको समस्तिपुर घर बताउने ४१ बर्र्र्षिय पवन कुमार सहनी छन् । नेपालबाट भारततर्फ जादै गरेको अबस्थामा निज सहनीलाई सशस्त्र प्रहरील बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेको हो । पक्राउ परेका सहनीलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..