खाद्यले संकलन गरेको नमुनामध्ये सबैभन्दा बढी दूषित दूध तथा दुग्धजन्य पदार्थ, मसला र पानी पनि

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको तीन महिनामा गरेको बजार अनुगमनमा दूध तथा दूग्धजन्य पदार्थ सबैभन्दा बढी गुणस्तरहीन पाइएको छ।विभागले गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थका ८ सय ८२ वटा नमूनाहरु संकलन गरेको थियो। विभागले तीन महिनाको अवधिमा ८ वटा कार्यालयहरुबाट खाद्य उद्योग तथा बजार निरक्षण अनुगमन गरेको जनाएको छ।अनुगमनका क्रममा दलहनजन्यका १ सय ३१ वटा तेल तथा घ्युजन्य ९४, दूध तथा दुग्ध पदार्थका २१, प्रशोधित पेय ४५, मसलाका ४०, चिया कफीका २८ र कन्फेक्स्नरीका १६ वटालगायत नमुनाहरु संकलन गरेको थियो।

यसमा ३६ वटा नमूनाहरु खाद्यान्नका, ८ प्रशोधित पिउने पानीका, ७ दुध तथा दुग्ध पदार्थका ४, दानाका ४ र अन्य खाद्य पदार्थका नमूनाहरु मात्र मापदण्ड प्रतिकूल रहेको विभागले जनाएको छ।त्यस्तै तीन महिनामा न्यून गुणस्तरको, दूषित पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा २७ वटा मुद्दा दायर भएको छ। जसमा दूध तथा दुग्धजन्य पदार्थको मुद्दा धेरै छन्। यस्तो मुद्दा ९ वटा दायर भएको छ।५ वटा मसला, खाद्यान्न एवम् दलहन तथा सोबाट बनेको पदार्थ ५ वटा, प्रशोधित पिउने पानीका ३ वटा, चियाका २ वटा सोयाससको एउटा, तेल र दानाको १/१ वटा मुद्दा जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर भएको विभागले जनाएको छ।

गत वर्ष पनि विभागले बजार अनुगमन गरी संकलन गरेको नमूनाहरुमध्ये सबैभन्दा बढी दुग्धजन्य पदार्थ निम्न गुणस्तरको भेटिएको थियो।साथै विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत १ सय २३ वटा नमूनाहरु संकलन गरेको विभागले जनाएको छ। विभागले खाद्य दाना उद्योग होटल रेष्टुरेन्ट राजमार्गका होटल अनुगमन तथा उजुरी उपर तत्काल सम्बोधन गर्दै टोलीमार्फत कारवाहीलगायत २ हजार ३७ पटक बजार अनुगमन गरेको जानकारी दिएको छ ।

विभागले १ सय ५८ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने २ सय ९५ उद्योग अनुज्ञापत्र नवीकरण तथा ७ सय ५० नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको जनाएको छ।त्यस्तै विभागले चालु आवको तीन महिनामा ६ हजार ४ सय ३८ प्रकारका खाद्य पदार्थहरुका आयात अनुमति जारी गरेको छ। विभागले आवश्यक कागजात पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ एवं आयात रोक्का गरेको सिन्थेटिक पेय पदार्थ लगायतका विविध खाद्य पदार्थ गरी ६१ वटाका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..