१० रुपैयाँ नतिरी बाँसको पुल तर्न निषेध

तनहुँ । पुल तर्दा रु १० शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ । व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही मङ्सिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ ।मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि पुलको मुखमा प्रहरी राखेर सीमित मानिस मात्रै आवतजावतका लागि व्यवस्था मिलाइएको छ । महोत्सवमा हुनसक्ने दर्शकको भीडलाई मध्यनजर गर्दै स्थानीय बोटे समुदायले मादी नदीमाथि बाँसको अस्थायी पुल निर्माण गरेका हुन् ।

पाटन बोटे समाजका अध्यक्ष टेकबहादुर बोटेको सक्रियतामा करिब ३५ जना बोटेद्वारा दुई दिन लगाएर बाँसको पुल निर्माण गरिएको बताए। भैरव बोटे, लोके बोटे, उत्तम बोटे, डिले बोटेलगायतका स्थानीय बोटेको सक्रियतामा बाँसको अस्थायी पुल निर्माण गरिएको हो ।व्यास–३ को व्यासगुफाबाट व्यास–५ को पराशर आश्रम निस्कने गरी निर्माण गरिएको पुलबाट महोत्सवस्थल जानका लागिसमेत छोटो दूरी पर्दछन् । बाँसको पुल तर्दा लिइएको रु १० ले सीमान्तकृत बोटे समुदायको सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य राखिएको स्थानीयवासी मङ्गलबहादुर बोटेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..