युवा पत्रकार सहनी माथी दुर्व्यवहार घटना प्रति पत्रकार महासङ्ध आक्रोशित

लहान । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले मिर्चैया नगरपालिका मेयर श्रवण यादवको विषयमा समाचार संकलन गर्नका सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्याधिवक्ता संतोष प्रसाद भण्डारीले पत्रकार दिलिप सहनीलाई दुर्व्यवहार गरिएकोप्रति आपत्ति जनाएको छ ।
शाखाले आज विज्ञप्ति प्रकाशितगरी जिल्ला न्याधिवक्ता भण्डारीले पत्रकारमाथि दुर्व्यवहार गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ज्यान मार्ने उद्योगमा मुदामा चलाईएका मिर्चैया नगरपालिका मेयर श्रवण यादवलाई तीस हजार धरोटीमा रिहा गरेपछि रिहाईको आलोचना भए रहेकोले सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्याधिवक्ता संतोष प्रसाद भण्डारीलाई शोधपुछ गर्दा रिसको आवेगमा कुर्सीबाट जुरुक उठेर यताबाट तुरुन्त जानु धम्की र अभद्र भाषा प्रयोग गद्र्रै प्रहरीका टोली बोलाई न्युज २४ टेलिभिजनका सिरहा सम्वाददाता पत्रकार सहनीलाई गराउन खोजने कार्य निन्दनीय रहेको छ ।


यस प्रकारको हर्कतले पत्रकार सुरक्षालाई थप चुनौती बनाईएको पत्रकार महासंघको ठहर छ । यस प्रकारको कार्यगर्नेलाई कानुनी कर्वाही गर्न महासङ्घका अध्यक्ष मनोज वनैताले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अपमानजक दुर्व्यवहार गरेकोको कार्यले सिङ्गो पत्रकार जगतलाई दुःखी तुल्याएकोे छ । दुव्र्यहवार गर्ने कार्यको निन्दा र भत्र्सना गर्दै पत्रकारलाई त्रासको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथीको ठाडो प्रहार भएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का प्रादेशिक समितिका सदस्य रोयाण्टर मण्डलले बताउनुभयो ।

यस्ता किसिमका अभद्र र अमर्यादित क्रियाकलाप तत्काल सच्याउँदै आगामी दिनमा यस्ता गतिविधि पनुरावृत्ति नगर्न, पत्रकारलाई निर्वाध र भयमुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न सरोकारबलाहरुसंग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..