बस र भेन ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १-०१-००१-ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् ।

आज बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाईते भएका भेन चालक बाह्रदशी गाउँपालिका १ भागडुब्बाका ३४ वर्षिय प्रमोद चन्द्र उप्रेतिको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । दुर्घटनाबाट घाईते हुनेहरुमा बाह्रदशी गाउँपालिका १ का ५५ बर्षीया किमारी निरौला, ५५ बर्षिया गिता घिमिरे, २१ बर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र १२ बर्षिय बिशाल पौडेल रहेका छन् । घाईतेहरुको B&C अस्पताल बिर्तामोड मा उपचार भइरहेको छ ।

बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ बर्षिय हर्क बहादुर बिक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..