कांग्रेस महाधिवेशनमा नेपाल आउन लागेकी बंगालकी मुख्यमन्त्री बनर्जीलाई मोदीले किन रोके ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा नेपाल आउन लागेकी बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले रोक लगाएको जनाइएको छ ।

शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा तिथिको रुपमा नेपाल आउन लागेकी मुख्यमन्त्री बनर्जीलाई मोदी सरकारले रोकेको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

बंगालका मन्त्री तपस रोयले द हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘मार्च(अप्रिलको विधानसभा र त्यसपछिको उप निर्वाचनमा पराजित भएपछि भारतीय जनता पार्टी (बिजेपी) निकै प्रतिशोधी भएको छ । उनीहरू ममता बनर्जीको लोकप्रियताको ईर्श्या गर्छन्।’

त्रिणमुल कांग्रेसकी अध्यक्ष बनर्जी नेपाल आउन भिसा नलाग्ने भए पनि विदेश भ्रमणअघि केन्द्रको सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । तर, नेपाल आउन अनुमति लिँदा मोदी सरकारले नदिएको त्रिणमुल कांग्रेसको आरोप छ ।

मोदी सरकारले मुख्यमन्त्री बनर्जीलाई पटकपटक विदेश यात्रामा रोक लगाउँदै आएको पनि बताइएको छ । मुख्यमन्त्री बनर्जी पछिल्लो समय प्रधानमन्त्री मोदीविरुद्ध मोर्चा बनाउन सक्रिय रहेका कारण उनलाई मादी सरकारले यात्रामा कडाइ गरेको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..