मानव अधिकार, मानव जीवनका लागि अत्यावश्यक : मुख्यमन्त्री लालबाबु राउत


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारीको संरक्षण मानव जिवनको लागी अत्यावश्यक रहेको बताउनु भएको छ ।राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मनुष्यलाई समान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्य रहेको उल्लेख गर्नु भयो ।


मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मानव अधिकार बाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी समेत गर्नु भयो ।


अशिक्षा र बेरोजगारीका कारण मानव अधिकारबाट बंचित महिला , दलित मुस्लिम लगायतका समुदायहरुको लागी प्रदेश सरकारले अग्रपक्तिमा रहेको काम गरि रहेको भए पनि अपांग र यौनिक अल्प संख्यकहरुको लागी चाहदा चाहदै पनि उल्लेखनीय कामगर्न नसकेको भन्दै दुख व्यक्त समेत गर्नु भयो ।


राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..