आफू नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको दाबी गरेका छन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले नेतृत्वको सरकारका बेला डर त्रास रहेको र आफूले सरकारको नेतृत्व गरेपछि मुलुक त्रासमुक्त बनेको बताएका हुन् ।‘साथीहरू तपाईँहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो ।

डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो । त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भने ।


देउवाले ओलीको शासनबाट जनताले मुक्ति पाएको भन्दै मुक्ति बचाउने हो कि नबचाउने भन्ने प्रश्न रहेको बताए । देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध पनि गरे ।


त्यस्तै उनले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने दाबीसमेत गरेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप लगाए ।


नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको पनि तर्क गरे । एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..