सभापतिको उम्मेदवार तय गर्न पौडेल समूह बत्तिसपुतलीको पार्टी प्यालेसमा भेला

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार तय गर्न सकस परिरहेको वरिष्ठन नेता रामचन्द्र पौडेलको समूह सभापतिको उम्मेदवार छान्न पुनः बैठकमा बसेको छ ।

शुक्रबार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन कार्यक्रम सकेलगत्तै पौडेल समूह राजधानीको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्ड पार्टी प्यालेसमा सभापतिको उम्मेदवार तय गर्न बैठकमा बसेको छ ।

बैठकमा सभापतिका आकांक्षी पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरा चारै जना सहभागी छन् । शशांकले भने पौडेललाई सभापतिका लागि मैदानबाट हट्ने बचन दिइसकेका छन् । तर, प्रकाशमान र शेखर भने अडानबाट पछि हटेका छैनन् ।

यसअघिको बैठकमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिबाट पछि नहट्ने भनेपछि सभापतिको उम्मेदवार चयन हुन सकेको थिएन । र, पौडेलले दुबैजना उम्मेदवारको दाबेदारीबाट पछि नहटेपछि पार्टीबाटै सन्यास लिने पनि भनेका थिए । र, उनी बिहीबारको केन्द्रीय समितिको बैठकमा समेत अनुपस्थित थिए ।

तर, शुक्रबार महाधिवेशनमा उपस्थित हुनका लागि उनलाई लिन नेताहरु बोहोराटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..