सभापतिको उम्मेदवार तय गर्न पौडेल समूह बत्तिसपुतलीको पार्टी प्यालेसमा भेला

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार तय गर्न सकस परिरहेको वरिष्ठन नेता रामचन्द्र पौडेलको समूह सभापतिको उम्मेदवार छान्न पुनः बैठकमा बसेको छ ।

शुक्रबार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन कार्यक्रम सकेलगत्तै पौडेल समूह राजधानीको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्ड पार्टी प्यालेसमा सभापतिको उम्मेदवार तय गर्न बैठकमा बसेको छ ।

बैठकमा सभापतिका आकांक्षी पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरा चारै जना सहभागी छन् । शशांकले भने पौडेललाई सभापतिका लागि मैदानबाट हट्ने बचन दिइसकेका छन् । तर, प्रकाशमान र शेखर भने अडानबाट पछि हटेका छैनन् ।

यसअघिको बैठकमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिबाट पछि नहट्ने भनेपछि सभापतिको उम्मेदवार चयन हुन सकेको थिएन । र, पौडेलले दुबैजना उम्मेदवारको दाबेदारीबाट पछि नहटेपछि पार्टीबाटै सन्यास लिने पनि भनेका थिए । र, उनी बिहीबारको केन्द्रीय समितिको बैठकमा समेत अनुपस्थित थिए ।

तर, शुक्रबार महाधिवेशनमा उपस्थित हुनका लागि उनलाई लिन नेताहरु बोहोराटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..