केपीको नेपाललाई कटाक्ष : साना तिना दललाई काँग्रेसले औलो समाउन नदिए विजोग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साना तिना दलहरुलाई नेपाली काँग्रेसले औलो समाउन नदिए उनीहरुको अवस्था दया लाग्दो हुने बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ओलीले सरकारबाट हट्नु पर्छ पिरले धेरैलाई सताएको जिकिर गर्नु भयो ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस आफ्नै आदर्श बोकेर हिडोस् भन्ने शुभकामना दिनुभयो । उहाँले अरुलाई बोकेर हिड्दा उनीहरुको आदर्शका कुरा पनि बोलिनु पर्ने चिन्ताबाट काँग्रेस मुक्त हुनुपर्ने पनि बताउनुभयो ।

देशले ठूलो उपलब्धि हासिल गरिसकेको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाल जहाँ छ त्यहाँ होइन धेरै अगाडि बढिसकेको चर्चा गर्नुभयो ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थालाई राष्ट्रप्रमुखलाई ल्याउन गरेको आग्रहको जवाफ दिदै उहाँले भर्खर भर्खर अध्यक्ष छानिएको बाच्छो हिड्न जान्दैन अलि बढी कुँद्छ भन्दै व्यङ्ग पनि कस्नु भयो ।

उहाँले देशको विकास र समृद्धिका लागि र स्थिरता र स्थायीत्वको प्रश्नमा नेपाली काँग्रेस र नेकपा एमाले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..