केपीको नेपाललाई कटाक्ष : साना तिना दललाई काँग्रेसले औलो समाउन नदिए विजोग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साना तिना दलहरुलाई नेपाली काँग्रेसले औलो समाउन नदिए उनीहरुको अवस्था दया लाग्दो हुने बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ओलीले सरकारबाट हट्नु पर्छ पिरले धेरैलाई सताएको जिकिर गर्नु भयो ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस आफ्नै आदर्श बोकेर हिडोस् भन्ने शुभकामना दिनुभयो । उहाँले अरुलाई बोकेर हिड्दा उनीहरुको आदर्शका कुरा पनि बोलिनु पर्ने चिन्ताबाट काँग्रेस मुक्त हुनुपर्ने पनि बताउनुभयो ।

देशले ठूलो उपलब्धि हासिल गरिसकेको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाल जहाँ छ त्यहाँ होइन धेरै अगाडि बढिसकेको चर्चा गर्नुभयो ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थालाई राष्ट्रप्रमुखलाई ल्याउन गरेको आग्रहको जवाफ दिदै उहाँले भर्खर भर्खर अध्यक्ष छानिएको बाच्छो हिड्न जान्दैन अलि बढी कुँद्छ भन्दै व्यङ्ग पनि कस्नु भयो ।

उहाँले देशको विकास र समृद्धिका लागि र स्थिरता र स्थायीत्वको प्रश्नमा नेपाली काँग्रेस र नेकपा एमाले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..