घुस आतंक मच्चाउने अख्तियारका इन्स्पेक्टर निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबास कार्यालयका प्रहरी निरीक्षक राजु कुर्मी निलम्बनमा परेका छन् । प्रहरी आचरण बिपरीत क्रियाकलाप गरेको आरोपमा कुर्मी निलम्बनमा परेको प्रहरीले जनाएको छ ।सिपाहीबाट सेवा प्रवेश गरेका कुर्मी प्रहरी सहायक निरीक्षकमा नाम निकाले, बढुवा हुँदै प्रहरी निरीक्षक भए ।

उनी सर्लाही जिल्ला प्रहरी कार्यालयको प्रशासनमा कार्यरत हुँदा पनि उनी विवादमा परेका थिए । सर्लाही जिल्ला अन्तर्गतका थानाचौकीका इन्चार्जदेखि घुमुवासँग पनि पैसा उठाउने गरेको आरोप लागेको थियो । सर्लाहीपछि उनी प्रदेश २ को अख्तियार कार्यालयमा सरुवा भए । अख्तियारमा गएपछि पनि उनको मुख्य ध्यान प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लाका कनिष्ट प्रहरी अधिकृत कार्यालय प्रमुख हुने प्रहरी चौकीका इन्चार्जहरुसँग उजुरी परेको छ भन्दै मासिक ३ हजारका दरले उठाउने थियो । पछि घुसको रेट बढाउँदै चौकीका असई, सईसँग घुसको रेट बढाएर ५ हजार माग्न थाले । ५ हजार घुस माग्न थालेपछि पीडितले अख्तियारमै उजुरी दर्ता गरे ।

अख्तियार दुरुपयोग रोक्नुपर्ने निकायका प्रहरी निरीक्षकले नै अख्तियारको दुरुपयोग गरेको भनी उजुरीपछि कुर्मी प्रहरी प्रधान कार्यालयमा तानिए । कुर्मीले प्रदेश २ अन्तर्गतका प्रहरीसँग घुस माग्ने, नदिए बेनामी उजुरी हालेर दुःख दिने गरेको खुलेको छ । कुर्मी तानिएपछि छानबिन गर्दा उनले प्रदेश २ प्रहरीका तल्ला तहमा अख्तियारको नाममा आतंक नै मच्चाएको फेलापारेपछि उनका बिरुद्ध मुद्दा नै दायर गर्नुपर्ने निष्कर्षमा पुगिसकेको र निलम्बन गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

अख्तियारको पत्रपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको छ । प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले इन्स्पेक्टर कुर्मीलाई बुधबार (मंसिर २२ गते) निलम्बन गरिएको बताए । उनले भने–‘आर्थिक अनियमितता र प्रहरी आचरण बिपरीतको क्रियाकलाप गरेको पाइएपछि कुर्मीलाई निलम्बन गरिएको छ । प्रहरी संगठनकै बिरुद्ध समेत उनले क्रियाकलाप गरेको फेलापरेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..