सभापतिका लागि पनि भोट माग्न आउँछु : नेता थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् ।बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताएका हुन् ।‘मेरो सभापति को हुनुहुन्छ ?

अहिलेसम्म मलाई पनि थाहा छैन । तर यति कुरा भन्छु –म आफ्नो लागि मात्रै मत माग्न पर्सि तपाईंहरुको बीचमा उभिन्न । म जसलाई सभापतिको मत हाल्छु । मैले सभापतिको उम्मेदवार उसैलाई मान्दछु । र किन मत हालियो भन्ने प्रश्नको उत्तर पनि लिएर तपाईहरुको बीचमा आउँछु’ थापाले भने ।महामन्त्रीका उम्मेदवारको हैसियतले आफूले प्रस्तुत गरेको राजनीतिक कार्यदिशा कार्यान्वयन गर्न पनि मूल नेतृत्व राम्रो हुनुपर्ने थापाले बताए ।

‘…पार्टीको मूल नेतृत्व भनेको फेरि पनि सभापतिनै हो । जनताले काँग्रेस भनेर हेर्ने मुख्य नेतृत्वलाई नै हो । त्यो मुख्य नेतृत्वलाई हेर्दै गर्दाखेरि ठीक देखिएन भने मैले भनेको जस्तो भरोसा गर्न योग्य देखिएन भने महामन्त्रीले उफ्रिएर कहिलेकाहीँ बिचसम्म मात्र पुग्न सक्छ । माथिको सिलिङ छुने अवस्था नआउन पनि सक्दछ’ थापाले भने ।आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने टिप्पणी गरे ।‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ ।

कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भने ।आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगरेको भन्दै थापाले महामन्त्री निर्वाचित भएको चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..