पूर्वअधिकृत विरुद्ध एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।विभिन्न कार्यालयमा काम गर्दा स्रोत नखुलेको १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

०४० फागुन ६ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० गते अवकाश हुनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार ९५८८ रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

त्यसमध्ये एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।अवैध आर्जनको सम्पत्ति उनले श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खाताहरुमा राखेको अख्तियारको भनाइ छ । अख्तियारले उनको श्रीमतीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..