अवैध सालको काठसहित एक जना प्रहरी नियन्त्रणमा


तनहुँ । तनहुँमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैंडलेबाट प्रहरीले पक्राउ गरेको हो ।


थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग१त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खैरेनीटारतर्फ सालको काठ ल्याउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सानो ठूलो १५ थान सालको काठसहित ट्याक्टर र युवकलाई नियन्त्रणमा लिएर शव डिभिजन वन कार्यालय बेलचौतारामा पठाइएको उनले जानकारी दिए ।


प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको काठबारे बिहीबार साँझ मात्रै सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएर प्रहरीले बुझाएको काठको बारेमा वन कार्यालयले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..