सुन तस्करलाई सघाउने प्रहरीलाई १ लाख ९१ हजार धरौटी माग


काठमाडौं । सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा प्रहरी जवानसँग विमानस्थल भन्सार कार्यालयले धरौटी माग गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसीलाई भन्सार प्रमुख महेश भट्टराईले १ लाख ९१ हजार धरौटीमा छाड्ने निर्णय गरेका हुन् ।भन्सार कार्यालयले मागेको धरौटी केसीले बुझाएका छैनन् ।

मंसिर १३ मा ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकैबाट लिएका थिए । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए । तर, केसीले सुन फिर्ता नगरेपछि दुर्गाधनले प्रहरीलाई खबर गरेका थिए ।भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान गर्दा सो सुन दुर्गाधनले दुबईबाट भरिया बनेर ल्याएको र केसीले ‘भन्सार कटाइदिन्छु’ भनेर लिएको पुष्टि भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सिसिटिभी जाँच गर्दा केसीले सुन लिएको देखिएपछि उनले कसुर स्वीकार गरेका थिए । सो सुन भन्सार कार्यालयले बरामद गरेको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुर्गाधनसँग पनि १ लाख ९१ हजार धरौटी मागेको छ ।

उनले पनि धरौटी बुझाएका छैनन् । ५० ग्राम सुन दुबईबाट ल्याउँदा ३ लाख ८२ हजार रुपैयाँ पर्छ । भन्सार कार्यालयले मंसिर १३ देखि जर्ती काटेको गहना बाहेकका सुनमा भन्सार महसुल लिन थालेको छ ।जवान केसी पूर्व लडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकाश रोजेपछि उनि प्रहरीमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..