मोटरसाईकल चोरीमा संलग्न पक्राउ

झापा । झापा बुद्धशान्ति गाँउपालिका-३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका-३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् । मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका-३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले हिजो बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..