कांग्रेस अधिवेशन अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजीत

मलंगवा । सर्लाहीमा गोली नै पड्काएर कांग्रेसको अधिवेशन हुन नदिएर विवादमा परेका अमरेश सिंह अन्ततः महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा सिंहले लज्जास्पद हार व्यहोरेका हुन् ।


निर्वाचन कार्यालयका अनुसार निर्वाचित हुनेहरूले ५ सयभन्दा बढी मत पाउँदा सिंहले जम्मा २४८ मत मात्र पाएका छन् ।

उनी प्रदेश सांसद एवं प्रदेश २ का मन्त्री सुरेन्द्रकुमार सिंहसँग पराजित भएका हुन् । उक्त क्षेत्रमा सुरेन्द्रको प्यानलनै बिजयी भएका छन्। सिंहकै अवराेधका कारण सर्लाहीमा निर्वाचन पटक पटक सरेकाे थियाे । विवादका कारण गाेलीसमेत चलेकाे थियाे । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि मधेसकाे काेटाबाट सहमहामन्त्री लड्ने सिंहकाे याेजना विफल भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..