कांग्रेस अधिवेशन अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजीत

मलंगवा । सर्लाहीमा गोली नै पड्काएर कांग्रेसको अधिवेशन हुन नदिएर विवादमा परेका अमरेश सिंह अन्ततः महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा सिंहले लज्जास्पद हार व्यहोरेका हुन् ।


निर्वाचन कार्यालयका अनुसार निर्वाचित हुनेहरूले ५ सयभन्दा बढी मत पाउँदा सिंहले जम्मा २४८ मत मात्र पाएका छन् ।

उनी प्रदेश सांसद एवं प्रदेश २ का मन्त्री सुरेन्द्रकुमार सिंहसँग पराजित भएका हुन् । उक्त क्षेत्रमा सुरेन्द्रको प्यानलनै बिजयी भएका छन्। सिंहकै अवराेधका कारण सर्लाहीमा निर्वाचन पटक पटक सरेकाे थियाे । विवादका कारण गाेलीसमेत चलेकाे थियाे । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि मधेसकाे काेटाबाट सहमहामन्त्री लड्ने सिंहकाे याेजना विफल भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..