बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

विराटनगर । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उप-महानगरपालिका-३ का २८ बर्षिय केमन खड्कीलाई पक्राउ गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु.९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुह बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकिछिपी बसेको अबस्थामा आज दिँउसो पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..