रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा महामन्त्री कोइरालाले पौडेललाई साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् ।

कोइरालाले भनेका छन्, ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडे । रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नुभयो ।’ त्यस्तै कोइरालाले आफ्नो नाम सर्वसम्मति भएको अवस्थामा बाहेक कुनै दाबी नभएको बताए ।

शेखर कोइराला र प्रकाशमान सिंह मिलेको अवस्थामा बरिष्ठ नेता रामचन्द्रले शेखर वा प्रकाशमानको लागि समेत छोड्न सक्ने उनको भनाइ छ । साझा उम्मेदवारीको विकल्प नभएकाले ‘कि सघाउ कि आफ्नै नाममा सहमति जुटाउ’ भन्ने अवस्थामा नेताहरू पुगेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..