सामुदायिक वनका अध्‍यक्षविरुद्ध १८ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध सोमबार विशेष अदालतमा मद्दा दायर गरेको छ ।उपभोक्ता समितिका अध्यक्ष हरि दमाइ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको कसूरमा मुद्दा दायर गरेको हो ।


त्यस्तै समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध पाँच लाख ५० हजार, सदस्य भरतबहादुर शाहीविरुद्ध एक लाख ५० हजार र समूहका उपभोक्ता प्रेमबहादुर सिजापतिविरुद्ध आठ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।


अख्तियारले वन समूहकी उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध एक लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजार रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणसहित अभियोग पत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
अख्तियारले सोमबार नै वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..