सशस्त्रको तेस्रो विद्यालय प्रदेश २ को सप्तरीमा स्थापना


सप्तरी । सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा रहेको सशस्त्र प्रहरीको विद्यालय सप्तरीको शम्भुनाथ नगरपालिका- ११ मा पनि स्थापना गरिएको हो ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तानबाहेक आम जनताको छोराछोरीलाई पनि यो विद्यालयमा पढाइने बताए ।


उनले गाउँपालिका, नगरपालिकाको सिफारिसमा गरीब, असहाय, आमा बुवा नभएका व्यक्तिलाई पनि यहाँ निःशुल्क शिक्षा दिइने पनि जानकारी दिए ।
आगामी वैशाखदेखि नै यो विद्यालयमा बालबालिका भर्ना लिने विद्यालयका समादेशक डीएसपी भुवन सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार शुरुमा कक्षा ४ र ५ मा ५५ जनाका दरले भर्ना लिइनेछ ।

उनका अनुसार प्रदेश १ र प्रदेश २ का सशस्त्र प्रहरी बलका कर्मचारीलाई लक्षित गरी यो विद्यालय स्थापना गरिएको छ ।सशस्त्र प्रहरीको विद्यालय स्थापनाका लागि स्थानीय समाजसेवी जोगेन्द्र भगतले ८ बिघा ११ कठ्ठा दान गरेका छन् । विद्यालयको नाम पनि जग्गादाताको नाममा एपीएफ ठाकोदेवी जोगेन्द्र भगत विद्यालय राखिएको छ ।भगतले उपलब्ध गराएको जग्गामा पहिलो चरणमा ६ करोड, ५१ लाख २ हजारमा एकेडेमिक भवन, प्रिन्सिपलको निवास, मुख्यद्वार, सेफ्टिक ट्यांक निर्माण भएको छ ।

यस्तै सुरक्षाकर्मी ब्लक, होस्टेल, मेससहितका भवन ७ करोड ४९ लाख ८५ हजार रुपैयाँमा निर्माणाधीन अवस्थामा रहेको समादेशक प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।आइतबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले विद्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख खनालले जग्गादाता जोगेन्द्र र उनकी पत्नी ठाकोदेवीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..