गुण्डागर्दीको आरोपमा २ पक्राउ


काठमाडौं । रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ घर भएका मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका घर भएका रविन्द्र बस्नेतलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट विदेश जानेहरू बापत प्रतिव्यक्ति २५ हजार कमिशन लिने गरेको आरोप छ ।

‘हामी यो एरियाको दादा हौं’ भनेर उनीहरुले ९० लाखभन्दा बढी रकम लिएको मेनपावर सञ्चालकले प्रहरीसँग दावी गरेका छन् । मंसिर १६ मा जोशी र बस्नेतले मेनपावर सञ्चालक पत्नी र कर्मचारीलाई कमिशन नदिएको भन्दै हातपात गरेका थिए ।

आइतबार उनीहरुलाई मित्रपार्कबाट पक्राउ गरेर आपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङले बताए ।४० वर्षका मिलन जोशी काठमाडौं महानगरपालिका–७ स्थित गंगाहिटीमा बस्दै आएका छन् । ३५ वर्षीय रविन्द्र बस्नेत बालुवाटार बस्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..