डकैती गरेर भागेका आरोपी महानगरीय प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौंको बसुन्धारा स्थित चेल्सी फाउन्डेशनबाट ३५ वटा ल्यापटप डकैती गरेर भागेका आरोपीलाई प्रहरी पक्राउ गरेको छ । नुवाकोट घर भएका तेज बहादुर मगर उर्फ कुमारलाई सोमबार बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (एसपी) दिनेशराज मैनालीले बताए ।

कुमारले २०७२ मा अमेरिकन कम्पनी चेल्सी फाउन्डेशनको कार्यालबाट विभिन्न कम्पनीका ल्यापटप डकैती गरेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई दुईवटा मुद्दामा २३ लाख जरिवाना हुने फैसला गरेको छ ।


नुवाकोटको विदुर नगरपालिका घर भएका कुमारलाई प्रहरीले २०६० मा पनि डाँका मुद्दामा पक्राउ गरेको थियो । उनि त्यसबेला ८ वर्ष जेल बसेर निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..