राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाद्वारा शपथ ग्रहण समारोह बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनको अध्यक्ष पदमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित थापाले आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम बहिस्कार गरेका हुन् ।


नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । तर, उक्त सपथ समारोहमा थापासँगै उनीनिकट केही केन्द्रीय सदस्यले शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।


शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार लिङ्देनले एक हजार ८१७ मत र थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचनमा ५३१ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..