काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई स्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले म्यानेजर खनाललाई पक्रा गरेको थियो ।अहिले उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ।


