बस दुर्घटनामा सह-चालकको मृत्यु २० जना घाईते


सुनसरी । कोशी गाँउपालिका ८ भाण्टाबरी स्थितमा बस दुर्घटनामा बसका सह-चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् ।

हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो ।

बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..