बागमती प्रदेशमा तीन उम्मेदवार कसैको पनि बहुमत आएन,दोस्रो चरणमा गयो चुनाव


मकवानपुर । नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको छ । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो । निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् ।

यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच चुनाव हुनेछ भने ५० प्रतिशत भन्दा बढी मत ल्याउने विजयी हुनेछ ।


बानियाँ शेरबहादुर देउवा निकटका हुन् भने केसी रामचन्द्र पौडेल र प्रधान कृष्ण प्रसाद सिटौला पक्षका हुन् । अब हुने निर्वाचनमा सिटौला पक्षले जसलाई समर्थन गर्छ उसकै पक्षमा पल्ला भारी हुने देखिएको छ । निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले दोस्रो चरणको निर्वाचन आजै हुने र त्यसका लागि केहीबेरमा निर्वाचन तालिका सार्वजनिक गरिने बताए ।

कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अन्य पदतर्फको मतगणना भने सभापतिको टुंगो लागेपछि सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..