बागमती प्रदेशमा तीन उम्मेदवार कसैको पनि बहुमत आएन,दोस्रो चरणमा गयो चुनाव


मकवानपुर । नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको छ । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो । निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् ।

यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच चुनाव हुनेछ भने ५० प्रतिशत भन्दा बढी मत ल्याउने विजयी हुनेछ ।


बानियाँ शेरबहादुर देउवा निकटका हुन् भने केसी रामचन्द्र पौडेल र प्रधान कृष्ण प्रसाद सिटौला पक्षका हुन् । अब हुने निर्वाचनमा सिटौला पक्षले जसलाई समर्थन गर्छ उसकै पक्षमा पल्ला भारी हुने देखिएको छ । निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले दोस्रो चरणको निर्वाचन आजै हुने र त्यसका लागि केहीबेरमा निर्वाचन तालिका सार्वजनिक गरिने बताए ।

कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अन्य पदतर्फको मतगणना भने सभापतिको टुंगो लागेपछि सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..