पाण्डे समूहद्वारा विवेकशील साझाको आमसभा बहिष्कार


काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले काठमाडौंमा आयोजित पार्टी एकीकरण घोषणा सभा बहिरष्कार गरेको छ ।

पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम लगायतका नेताहरुले उक्त आमसभा बहिष्कार गरेका हुन् ।

एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह पनि व्यवस्था विरोधी रहेको र राजसंस्था, हिन्दू राज्य र संघीयता खारेजीको मुद्दाको वकालतकर्ता रहेको बताउँदै त्यसले पार्टीमा विरोध बढ्दै गएको पाण्डे पक्षको आरोप छ ।पार्टीमा रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..