भरतपुरको नेशनल सिटी अस्पतालले थप्यो डेढ अर्ब लगानी,भवन थपेर एक सय बेडमा स्तरोन्नति

चितवन। भरतपुरमा निजी क्षेत्रबाट सञ्चालित नेशनल सिटी अस्पताल एक सय बेड क्षमताको हुने भएको छ। व्यवस्थापनले लगानी थपेर अस्पतालले क्षमता बिस्तार गर्न लागेको हो।५५ बेडको अस्पताललाई आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर एक सय बेड सञ्चालन गर्न लागेको हो।

अस्पताल व्यवस्थापक विक्रम अधिकारीका अनुसार सेवा बिस्तारका लागि सात तले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। दुई सय जना सेयरधनी रहेको यो अस्पतालको संस्थागत सेयरधनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज छ। अधिकारीका अनुसार सय शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी एक अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न हुने उनले बताए।


अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा दुई सय शय्यासम्म सञ्चालन गर्न सक्ने गरी भवन निर्माण गरिएको छ। उनका अनुसार अत्याधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ। मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको जानकारी उनले दिए।

अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि पाँच करोडको लागतमा यो अस्पताल सुरु भएको हो। सुरुवात नारायणगढबाट गरेको अस्पताल हाल भरतपुरको चौबिसकोठीमा छ। करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो। अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उनको भनाइ छ। अस्पतालले जग्गा आफैंले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले बताए। रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..