वली हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

दाङ । दाङमा दुई वर्षअघि एक युवकको हत्या गरेको ठहर गर्दै चार जना युवालाई जिल्ला अदालत दाङले जन्म कैदको सजाय सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई दोषी ठहर गदै उक्त फैसला सुनाइएको अदालतले जनाएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खुकुरी प्रहार गरी वलीको हत्या गरेको थियो ।

सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम् मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

अभियुक्त ठकुरीले यसअघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरेको आरोप लागेको र त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधारगृह पठाएको दाङ प्रहरी जनाएको छ । तर, उनी सुध्रिनुको साटो विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको र त्यही अन्तरगत वलीको हत्या सम्मको घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..