महेश आचार्यको उपसभातिमा उम्मेदवारी


विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाली कांग्रेसको उपसभातिमा उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्य आचार्य डाक्टर शेखर कोइरालाको लाइनमा छन् । उनी आउँदो पुस्ताको एजेण्डा स्थापित गर्न उपसभापतिमा उठ्ने बताए ।‘हामीले नीति विचार कार्यक्रम आधिकारिक रुपमा प्रस्तुत गर्न सकेनौं,’ उनले भने, ‘महाधिवेशनले नीति कार्यक्रम, नेतृत्वको चयन गर्छ, यो ठाउँ(महाधिवेशन) मा नीति र बिचारमा आधारित नेतृत्व चयन गर्ने मौका गुमाएका छौं, यो दुर्भाग्य भयो, यसले अन्योल थप्छ ।

’राष्ट्रका प्रमुख मुद्दालाई उठाएर त्यसको समाधान खोज्ने उदेश्यसहित उम्मेदवारी दिने उनको भनाइ छ । ‘जलवायु परिवर्तनका कारण गम्भीर संकट आउने अवस्था छ, यो नयाँ पुस्ताको विषय हो,’ उनले भने, ‘ हामी १०–१५ वर्षमा जीवनको उत्तरार्धमा पुग्छौं, तर जलवायु परिवर्तन यस्तो डिबेट हो । गहिरोसँग नेपालको पीडालाई अभिव्यक्त गर्दा सारा संसारले सुन्नुपर्छ ।’

उनले जलवायु परिवर्तनले संसारका थोरै मुलुकहरु मध्ये सबैभन्दा पहिला प्रभाव नेपाललाई पार्ने बताए । जलवायु परिवर्तनको समस्या सामधानका लागि आवाज उठाउनु पर्ने बताउँदै उनले पार्टी भित्र बहस सृजना गर्न उम्मेदवारी घोषणा गरेको बताए । ‘नीति र कार्यक्रमको बहस शून्य भएको छ,’ उनले भने,’ ‘यो विषयमा अहिले कांग्रेस जस्तो पार्टी मौन भएर बस्ने हो भने अरु कस्ले उठाउँछ, पार्टीको मात्र डिस्कर्सनको कुरा होइन, अरुपार्टीसँग सम्वाद गरौं देशलाई घचघच्याऊँ, छिमेकसँग कुरा गरौं ।’

आफूले कुनै कार्यकारी पदमा उठ्ने इच्छा नदेखाएको बताउँदै उपसभापतिमा उठेर राष्ट्रिय मुद्दालाई बहसमा ल्याउने बताए ।‘म कुनै नेता रिजाउनका लागि लागेको पनि छैन,’ उनले भने, ‘ भोलि जो सभापति आउँछ,उसलाई बुझाउन सक्छु भन्ने आत्मविश्वास छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..