भारत लैजान लागेको एक क्वीन्टलभन्दा बढी गाँजा सहित ३ जना पक्राउ

जलेश्वर । महोत्तरीको एकडाँडा गाउँपालिका वडा नम्बर ५ को गेना बथानाहामा १ क्वीन्टल भन्दा बढी गाँजा बरामद भएको छ ।

शुक्रबार राति ९ बजे महोत्तरी एकडाँडा गाउँपालिका वडा नं. ५ मा पर्ने उक्त स्थानमा गस्तीमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको स्क्वाड टोलीले भारततर्फ लान लागेको १ सय १ केजी ५० ग्राम गाँजा बरामद गरेको हो ।


सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार मन्तोषकुमार सिंह नेतृत्वको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको छ । टाउकोमा बोकी लैजाँदै गरेको प्रतिबन्धित लागूऔषध गाँजा १ सय १ किलो ५० ग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।

भारततर्फ गाँजा लाँदै गर्दा पक्राउ पर्नेहरुमा महोत्तरी एकडाडा ५ बस्ने ३६ बर्षीय रमेश पासवान, एकडाडा ५ कै बर्ष ६० का राम खेलावन मण्डल र महोत्तरी जलेश्वर नगरपालिका ७ बस्ने बर्ष ५० का सुरेश यादव छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..