एमालेले निकालेकाहरुलाई राखेर संसद कसरी चल्छ ? : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्कासन गरेका सांसदहरुलाई राखेर संसद अघि बढाइएमा संसद चल्न नदिने पूरानै अडान दोहोर्याएका छन् ।

एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले शुक्रबार पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै कारवाही गरिएका सांसदहरुलाई राखेर संसद अघि बढेमा आगामी मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताए ।

उनले भने, ‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला । हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

माधव नेपालसहित १० सांसदहरुलाई पार्टीले कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरिए पनि सभामुखले उक्त कारबाहीबारे कुनै कदम नचालेपछि एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

र, राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन् । तर, अध्यक्ष ओलीले कारबाही गरिएकाहरुको सन्दर्भमा निर्णय भएपछि मात्र संसद अघि बढ्ने जिकिर गरे ।

अध्यक्ष ओलीले अहिले गठबन्धनले देश र सरकारल नचल्ले बताउँदै ताजा जनादेशमै जानुपर्ने पनि बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ ओलीले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..