जिल्ला अदालत काठमाडौंमा इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ठगी मुद्धा दायर

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानका आधारमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जना विरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।सिआइबीको अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित मुद्दा दायर गरेको हो ।

निक्षेपकर्ताहरुको रकम हिनामिना गरेको भन्दै सीआइबीले अध्यक्ष तामाङसहित ४२ जनासँग ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा माग दाबी पनि गरेको छ ।

उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

४२ जनाविरुद्ध मुद्धा दायर गरिएकोमा २९ जना फरार रहेका छन्। गत असोज १९ गते सीआईबीले तामाङसहित १२ जनालाई ठगी मुद्दामा पक्राउ गरेको थियो ।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंह पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..