नेपाली काँग्रेस अधिवेशन : कर्णालीमा कचिङ्गल, पौडेल पक्षलाई बोलाइएन


सुर्खेत । नेपाली काँग्रेसको प्रदेश अधिवेशन आजदेखि सुुरु भएको छ । कर्णाली प्रदेशको हकमा राजधानी वीरेन्द्रनगरको रङ्गशालामा अधिवेशन कार्यक्रम आयोजना गरिएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।अधिवेशन उद्घाटन कार्यक्रममा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सहभागी भएनन् । संस्थापन इतर पक्षका नेताहरुले कार्यक्रमबारे आफूलाई कुनै खबर नभएकाले उपस्थित नभएको जनाएका छन् । काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले रातोपाटीसँग कुरा गर्दै भने, ‘मैले त कार्यक्रम छ भन्ने थाहा नै पाइनँ । खबर पनि छैन । उद्घाटन भइसकेपछि केही नेताले भनेपछि बल्ल अधिवेशनबारे थाहा पाएँ ।’


उनले व्यङ्ग्य गर्दै अगाडि भने, ‘मैले त एउटा टिमको कार्यक्रम होला भन्ने सोचेको थिएँ । त्यहाँ त अधिवेशन पो गरिएको रहेछ ।’ काँग्रेसका युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाही पनि उक्त कार्यक्रममा सहभागी छैनन् । नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति कमलराज रेग्मीले पनि आफूहरुलाई कुनै खबर नभएको जानकारी दिए । कर्णालीमा प्रदेश अधिवेशन सफल पार्न काँग्रेसका केन्द्रीय सदस्य तथा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । उनी पार्टी सभापति देउवा पक्षका नेता हुन् । कर्णालीमा अहिलेसम्म दुवै पक्षबाट आधिकारिक रुपमा उम्मेदवार घोषणा भएको छैन ।


संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा चार जना आकांक्षी छन् । मुख्यमन्त्री जीवनबहादुर शाही, जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीव विक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । पौडेल पक्षबाट भने युवा नेता भुपेन्द्रजङ्ग शाहीले सभापतिका लागि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..