नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए ।बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन् । प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन ।

शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ ।कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..