प्रतिबन्धित औषधि सहित २ जना पक्राउ


मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट प्रतिबन्धित औषधि सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् ।

हिजो बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुलाई प्रतिबन्धित औषधि ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..