‘बिरामीको साथी’ हेल्प डेस्क संचालनमा

काठमाडौं । चौबीसैं घण्टा सेवा प्रदान गर्ने बिरामीको साथी’ हेल्प डेस्क सञ्चालनमा आएको छ । सेन्टर फर मेडिकल सपोर्ट नामक संस्थाले ‘बिरामीको साथी’ नामक हेल्प डेस्क स्थापना गरेर चौबीसैं घण्टा सेवा प्रदान गर्ने जानकारी दिएको छ । आफूले चाहेको चिकित्सक र अस्पतालको सम्पर्कमा पुग्न नसक्ने नागरिकहरुका लागि लक्षित गरेर उक्त हेल्थ डेस्क सञ्चालनमा आएको हो ।

बिरामीले चाहेको चिकित्सक मिलाउने देखि कुरुवा उपलब्ध गराउने सम्मको सेवा प्रदान गरिएको छ । सिईओ शिवप्रसाद शर्मा पौडेलकाअनुसार संस्थाले बिरामीहरुलाई चौबीसैं घण्टा सही सल्लाह सुझाव मात्र होइन लक्षित वर्गका बिरामीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चिकित्सक र अस्पताल मिलाउने गर्छ ।


साथै स्वास्थ्य सम्बन्धी परामर्श दिने, विभिन्न रोगसँग सम्बन्धित चिकित्सक, डाईग्नोष्टिक सेन्टर तथा अस्पतालहरुको जानकारी गराउने कामसमेत हुने उनको भनाइ छ ।

नार्कोनन नेपालका संचालक बसन्त कुँबरका अनुसार भारतका केही अस्पतालहरुमा बिरामी पठाउने विषयमा सहमतिसमेत भइसकेको छ । यो हेल्थ डेस्क बुढानिलकण्ठमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..