‘बिरामीको साथी’ हेल्प डेस्क संचालनमा

काठमाडौं । चौबीसैं घण्टा सेवा प्रदान गर्ने बिरामीको साथी’ हेल्प डेस्क सञ्चालनमा आएको छ । सेन्टर फर मेडिकल सपोर्ट नामक संस्थाले ‘बिरामीको साथी’ नामक हेल्प डेस्क स्थापना गरेर चौबीसैं घण्टा सेवा प्रदान गर्ने जानकारी दिएको छ । आफूले चाहेको चिकित्सक र अस्पतालको सम्पर्कमा पुग्न नसक्ने नागरिकहरुका लागि लक्षित गरेर उक्त हेल्थ डेस्क सञ्चालनमा आएको हो ।

बिरामीले चाहेको चिकित्सक मिलाउने देखि कुरुवा उपलब्ध गराउने सम्मको सेवा प्रदान गरिएको छ । सिईओ शिवप्रसाद शर्मा पौडेलकाअनुसार संस्थाले बिरामीहरुलाई चौबीसैं घण्टा सही सल्लाह सुझाव मात्र होइन लक्षित वर्गका बिरामीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चिकित्सक र अस्पताल मिलाउने गर्छ ।


साथै स्वास्थ्य सम्बन्धी परामर्श दिने, विभिन्न रोगसँग सम्बन्धित चिकित्सक, डाईग्नोष्टिक सेन्टर तथा अस्पतालहरुको जानकारी गराउने कामसमेत हुने उनको भनाइ छ ।

नार्कोनन नेपालका संचालक बसन्त कुँबरका अनुसार भारतका केही अस्पतालहरुमा बिरामी पठाउने विषयमा सहमतिसमेत भइसकेको छ । यो हेल्थ डेस्क बुढानिलकण्ठमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..