आगामी आम निर्वाचनबारे रणनीति बनाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनबारे रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार चितवनको सौराहामा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले धन्यावाद ज्ञापनलगायतका एजेन्डाहरुमाथि निर्णय गरेको छ । मंगलबार (आज) सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओलीसहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको थियो ।

बन्दसत्रबाट पारित प्रस्तावमा सबै पार्टी कमिटीलाई आगामी चुनावमा आ–आफ्नो क्षेत्रमा विजय सुनिश्चित गर्न आह्वान गरिएको छ । सम्बोधनका क्रममा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..