कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी


काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गरेका हुन् ।
मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट संस्थापन पक्षका उम्मेदवार शेर्पा सभापतिमा विजयी भएका हुन् ।

जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाएका हुन् ।शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थिए भने शेर्पाले ४१८ मत प्राप्त गरेका थिए ।सभापतिबाहेक बाँकी कार्यसमिति भने पहिलो चरणकै निर्वाचनबाट टुंगो लागेको थियो ।

उपसभापतिमा घनराज सुनुवार र फुर्दाेजी शेर्पा विजयी भएका छन् भने सचिवमा भलाकाजी राई कुलुङ र युवराज घिमिरे निर्वाचित भए । सहसचिवमा उत्रमान राई र ङमिाछिरी लामा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..