हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा


जनकपुर । धनुषामा ४ वर्षीय भारतीय बालकको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको देउधा ग्राम पंचायत वडा नम्बर १४ बस्ने मोहम्मद अतावुल राईनकी पत्नी जुमैदा खातुन चार वर्षीय छोरा अरमान राईनका साथ आएकी थिइन् ।

बिवाहको भिडभाड रहेको अवस्थामा बालक अरमान आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका ११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्लीमा आइपुगेका थिए । एक्लै रुदै बसेको अवस्थामा स्थानीय जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई जानकारी नदिई अपहरण गरेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘यसपछि उनीहरुले आफ्नो घरको कोठामा लगी अरमाननको नाक मुख समेत आफ्नो हातले थुनी घाँटी समेत थिचेर मारेको देखिएको छ’ बस्नेतले भने, ‘बालकको हत्या गरी बिहान २ बजेतिर नगरपालिकाको वडा नम्बर २ स्थित लाल बिहारी महतोको पोखरीमा फालेका थिए ।

’घट्नाको अनुसन्धान शुरु गरेको प्रहरीले कात्तिक १६ गते जाकिर मलङ्ग र नुरेजा खातुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएपछि सिन्धुली कारागार पठाइएको प्रहरी प्रबक्ता बस्नेतले बताए ।


छोरीको विवाह गर्ने मजिबुल मियाँ र बालकको हत्या गर्ने व्यक्तिबीच पुरानो विवादको निहुँमा दुबै मिलेर बालकलाई मारेको देखिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..