जबरजस्ती करणीको घटना मिलाउन बालिकाका बुवालाई पीडकका परिवारको धम्की

वीरगंज । जिरा भवानी गाउँपालिका वडा नम्बर २ सेढवामा शनिवार राति भएको जबरजस्ती करणीको घटना मिलाउन पीडकका परिवारले पीडितका बुबालाई धम्की दिएका छन्। १२ वर्षीया बालिकालाई राति घरमा कोही नभएको बेला स्थानीय युवकले जबरजस्ती करणी गरिरहेको बेला छिमेकीहरूले थाहा पाएपछि युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।

घटनामा संलग्न रहेको अभियोगमा १८ वर्षीय युवक प्रभु साह कानूलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका बुवाले उपचारको क्रममा परिवारका अन्य सदस्य वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आएको बेला घरमा कोही नभएको मौका छोपी युवकले छोरीलाई करणी गरेको बताए।

बालिका अहिले माइती नेपालको जिम्मामा रहेको तथा आफू अहिले अस्पतालमा छोराको उपचार गराइरहेको बेला पीडकका आफन्तहरू अस्पतालमा पुगी मिलापत्र गर्न दबाब दिइरहेको र मिलापत्र नगरे ज्यान मार्ने धम्की पनि दिएको उनले बताए।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रारम्भिक अनुसन्धानमा बालिकासँग जबरजस्ती गरिएको पाइएकोले पक्राउ परेका युवकमाथि सोही कसूरमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको बताए। पक्राउ परेका कानूलाई पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिप्रका पर्साले जनाएको छ।

यसैगरी, पर्सा प्रहरीले वीरगंज-७ रामटोल निवासी २१ वर्षीय विक्रम पटेललाई पनि जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ।

प्रहरीका अनुसार गत १० मंसिरमा १७ वर्षीया बालिकालाई प्रभावमा पारेर कुर्मीले श्रीसिया खोलाको रहरबारीमा जबरजस्ती करणी गरेको भनी अभिभावकहरूले मंसिर १२ गते दिएको जाहेरीको आधारमा आइतवार दिउँसो पक्राउ गरिएको र आज अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..