पाष्टर केशव आर्चायको रिहाईको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । आज राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सी.बी. गहतराजको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यू समक्ष मिति २०७८ मङ्सिर १४ गतेका दिन सम्मानित जिल्ला अदालत डोल्पाले धर्म प्रचार गरेको अभियोगमा पास्टर केशव आचार्यलाई दोषी ठहर गरि २ वर्ष जेल सजायको साथै बीस हजार जरिवाना निर्धारण गर्दै कारागर चलान गरेको जानकारी गराउँदै उहाँको रिहाइका लागि आवश्यक पहल गरिदिन हार्दिक अपिल सहितको ज्ञापन पत्र र ३० लाख ख्रीष्टियन बसोबास गर्ने मुलुकमा ख्रीष्टियनहरुको न्यूनतम हक अधिकारको समेत सुनिश्चितता नभएको र हरेक वर्ष ख्रीष्टमस बिदाको लागि सरकारलाई घचघच्याइ राख्नुपर्ने अवस्था रहेकोले ख्रीष्टियन समुदायको जायज माग र नेपाल सरकारसँग भएको ३ बुंदे र ६ बुंदे सम्झौता तत्काल कार्यान्वयन गरेर अल्पसंखयक समुदायको सम्मान गर्न आग्रह गरेको छ ।

महासंघको प्रतिनिमण्डलसँगको भेटमा सम्माननीय प्रधानमन्त्री देउवाले ख्रीष्टियन समुदायको मागबारे आफू जानकार रहेको साथै मागहरु जायज र आफू त्यस प्रति सकारात्मक भएको बताउँदै ख्रीष्टमसमा सार्वजनकि बिदा कायम गर्ने प्रतिबद्धता गर्नुको साथै अन्य जायज मागहरु प्रति विशेष पहल गर्ने पनि बताउनुभएको छ ।

उक्त भेटमा राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सी.बी. गहतराज, बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री, उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख चित्ररेखा ओझा, उपाध्यक्ष तथा प्रार्थना विभाग प्रमुख देउमाया तामाङ्ग, उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरिया, सचिव पा. करण सिलवाल, सहसचिव सुजना बस्नेत, सहसचिव ज्ञानेन्द्र राज सापकोटा, सहसचिव अनिल राई, केन्द्रिय सदस्य तथा प्रार्थना विभाग सहप्रमुख पा. आशा राई, केन्द्रिय सदस्य पा. ख्रीष्टभक्त महर्जन, केन्द्रिय सदस्य लैला कुमारी गहतराज, केन्द्रिय सदस्य बिष्णु कुमारी कार्की, जनसम्पर्क प्रमुख सुभाष न्यौपाने, विभिन्न ख्रीष्टियन मिडियाका पत्रकार लगायत पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..