महोत्तरीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

महोत्तरी । महोत्तरीबाट लागूऔषधसहित एक जना १३ वर्षीय बालक पक्राउ परेका छन् ।भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर औरही नगरपालिका-४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सबार सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १३ बर्षीय बालकको साथबाट लागूऔषध बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाइ राखेको नाइट्रोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको उनले बताए । लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..