पशुपतिशम्शेर जबराले भने : सर्वसम्मत होस्


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट नेतृत्वमा दावी नगर्ने बताएका छन् ।मंगलबार विज्ञप्ति जारी गरी उनले आफू निर्वाचन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन् । ‘नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो । त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु’ उनले भनेका छन् ।

अध्यक्ष जबराले सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले सर्वसम्मतबाट अध्यक्ष चयन गर्न आफूले प्रयत्न गर्ने पनि बताएका छन् ।

‘राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि मेरो भूमिका र सहयोग अनवरत रहनेछ’ उनले भनेका छन्, ‘पार्टी जीवनमा सहकार्य गरेका सम्पूर्ण साथीहरुको राजनीतिक हित संरक्षण गर्न सचेष्ट भएर क्रियाशील रहने छु ।’

राप्रपाको अध्यक्षमा कमल थापा दोहोरिन चाहेका छन् भने नेता राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..